न्युयोर्कका नेपालीले मनाए भब्य होली (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

आइतबार न्युयोर्क र आसपासका क्षेत्रमा बस्दै आएका नेपालीहरुले न्युयोर्कमा होलीपर्व भब्यरुपमा मनाएका छन् । मधेसी एसोसिएसन इन अमेरिका न्युयोर्क च्याप्टरले न्युयोर्कको ज्याक्सनहाइटमा होली आयोजना गरेको थियो ।

कार्यक्रममा कलाकारहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो भने सहभागीहरुले एक अर्कालाई रंग दल्दै र शुभकामना दिदै होली मनाएका थिए । गायक तिलक बम मल्लको गीत सांस्कृतिक प्रस्तुतीको विशेष आकर्षण रहेको थियो भने बशन्ती राई लगायतका कलाकारहरुको नृत्यले कार्यक्रम थप रोमाञ्चक बनाएको थियो ।

कार्यक्रममा महावाणिज्यदूत मधु मरासिनी लगायत महावाणिज्यदूताबासका अन्य पदाधिकारीहरु, नेपाली काँग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य आनन्द बिष्ट लगायत न्युयोर्कमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुको उपस्थीति रहेको थियो । कार्यक्रम ज्याक्सनहाइटमा रहेको शेर्पा किदुग हलमा गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com