एनआरएन अमेरिकाका सचिव शंकर खड्काको गुनासो – ‘एउटा खड्का भ्रष्टाचारी हुँदैमा सबै खड्कालाई भ्रष्टाचारी भन्ने ?’


प्रकाशित मिति : श्रावण १३, २०७३ बिहीबार

  • -शंकर खड्का

गैर आवासिय नेपाली संघले बिभिन्न समयमा आफनो मातृभुमी नेपाल र नेपालीप्रति देखाएको अविस्मरणीय योगदानहरू यहाँहरुलाई सर्वबिदितै छ । यो प्रवासी नेपालीहरूको छाता संस्था संसारको ७२ भन्दा बढी देशमा रही बिभिन्न समयमा नेपाल र नेपालीलाई परीआएको समस्यामा सधै अग्र पंक्तिमा रही कार्य गरीरहेको छ ।

अमेरिकाको न्युजर्सी शहरमा आगामी अगस्टको २७ र २८ मा गैर आवासिय नेपाली संघको क्षेत्रीय सम्मेलन हुदैगरेको यहाँहरूलाई अवगत नै छ । तसर्थ यस क्षेत्रीय सम्मेलनमा संसारभरमा रहेका प्रवासी नेपालीहरू आमन्त्रीत हुनेछन् ।

तर होस्ट गर्ने देश जुन छ उक्त देशले बिभिन्न समयमा एनआरएनलाई सहयोग गर्ने व्यक्तिका साथै मातृभुमी नेपालमा रहेका बिभिन्न ओहोदाको ब्यक्तित्वहरूलाई निमन्त्रणा गर्ने चलन हुनुपर्छ । जसले गर्दा ती सहयोगीहरू जो एनआरएनसँगआबद्द भई सेवा गरीरहेको छ र जो व्यक्ति तथा व्यक्तित्व हामीले निमन्त्रणा गरी रहेका छौ, उहॉहरूबाट हामी प्रवासमा रहेका नेपालीहरूले सिक्ने र जान्ने मौका पाउछौ । जस्ले गर्दा आफ्नो संस्थाको भावी उदेश्य तथा निती नियमहरूलाई पुनरावलोकन गर्दै आम नेपालीहरूको बृहत्तर हितमा रही संस्थालाई मजबुत बनाउन शक्ति मिल्नेछ ।

यसै सन्दर्भमा , हामी अमेरिकामा रहेका प्रवासी नेपालीहरु भाग्यमानी भएर होला, उक्त क्षेत्रीय सम्मेलन गर्ने अवशर यसबर्ष हामीले नै पायौं । सोही अनुसार क्षेत्रीय संयोजक कन्भेनर हुदै हामी बिभिन्न समीती र उपसमितिमा रहदै उक्त कार्यक्रमलाई एक एेतिहासीक कार्यक्रम बनाउन लाग्यौ । सोही असिन र पसिनकोबीचमा एक दिन मलाई नेपाल बाट फोन आयो – ‘शंकर सर हजुरहरूको कार्यालयको ठेगाना कहाँ हो ?’

मैले चिन्दै नचिनेको मान्छे । स्वरको पनि भेउ भएन । अनि मैले सोधें – ‘कुन कार्यालय ?’

उहाँले भन्नुभयो – ‘मलाई तपाईहरूको क्षेत्रीय सम्मेलनमा डाक्टर केशब पौडेल र क्षेत्रीय संयोजक सोनाम लामाले बोलाउनुभएको छ । त्यसैले अमेरिकन दुतावासमा भिसाको लागी आवेदन दिन आएकोले ठेगाना पनि लेख्नु पर्ने भयो । त्यसैले हजुरको फोन उठ्यो । मैले हजुरलाई सोधेको । हजुर सचिब हैन त ?’

मैले ‘हो’ भनें । तर संस्थाको आधिकारिक मान्छेले बिना प्रमाण गर्नु हुन्न भन्ने सोंची एक प्रतीभाको नायक मनोज चन्दजीलाई मैले इमेल पठाउन अनुरोध गरें । सोही अनुसार उहॉले इमेल पनि पठाउनु भयो । अनि मैले ठेगाना पठाई दिएँ, जुन एनआरएनको वेवसाइटमा उपलब्ध थियो । त्यसपछि मनोज चन्दले भन्नुभो – ‘सर मलाई त भिसाको अन्तर्वाताको मिति अक्टोबरको अन्तिममा पाएँ । के गर्ने होला ?’
अनि मैले भनें  – ‘तपाईले पाएको पत्र पठाईदिनोस । मैले सुने अनुसार यहाँबाट अनुरोध गर्दा हुन्छ ।’

क्षेत्रीय संयोजक तथा कन्भेनर सोनाम लामा र अध्यक्ष डाक्टर केशब पौडेलले फेरी लेख्दा हुन्छ की भन्ने मेरो आशय थियो । तर मनोज चन्दसँग मैले कुनै पनि आर्थिक कुरा सोधेको तथा सोचेको पनि थिइन, जुन कुरा उहॉलाई पनि थाहा छ ।

मनोज चन्द जी, मैले तपाई र अन्य कोही कसैसँग के यी कुरा गरेको वा लेखेको अथवा सुनेको पाउनु भयो र  ? तपाईलाई हाम्रो समीतीको लेटर प्याडमा गएको पत्र जान्ने अधिकार हामी कार्यसमितीलाई छैन र ? के मैलै तपाईसंग कुरा हुदा असहयोग हुने कुरा गरें र ? के मैले तथा एनआरएन अमेरिकाको को कार्यसमिति तपाई र तपाईको कलादेखी पहिला देखी नै चिर परीचित थियो र ? जुन संस्थाको कार्यक्रममा आउदै हुनुहुन्छ त्यो संस्थाको एक आधाधिकारीक मान्छे तथा निमन्त्रणा पत्र पठाउनेले जानकारी लिन नहुने हो र ?

बिभिन्न सामाजिक सन्जालहरूमा जुन किसिमका कुराहरू देखियो त्यसप्रति मेरो ध्यानाकर्षण हुदै , खेद प्रकट गर्न चाहन्छु । एक जना नेपाली जो आफ्नो प्रतिभा देखाउन अमेरीका आउदै हुनुहुन्छ , त्यो हाम्रो गर्वको विषय हुनेछ । तर जो जस्लाई यस कार्यक्रममा बोलाईदै छ, त्यो सम्पूर्ण कार्यसमिति तथा यस कार्यक्रममा रहेका उपसमितिलाई जानकारी हुन पनि आवस्यक छ भन्ने ठान्दछु । यस समितिको सचिवको हैसियतले ।

तर यहाँ त अध्यक्ष डाक्टर केशब पौडेलले नेपालको राजनीतिलाई आधारमानी म माथी राजनीतिक समुहकै आधारमा दुर्ब्यबहार गर्नु शायद जायज हुन्न कि भन्ने मेरो जिज्ञासा हो । अन्य धेरै धेरै बैठकमा यी र यस्ता बिषयमा मत भिन्नता हुदै आयो । तर यहाँसम्म आईपुग्दा के यो अति नै त हुन्न भन्नें सोचें । र मैले यी र यस्ता गलत क्रियाकलापमा सामेल नहुने तर्क अगाडि सारें ।

तर उहाँले यसैलाई आधारमानेर ‘त्यसो भए म तपाईले सिफारिस गरेको फलानो फलानो सांसदलाई निमन्त्रणा पत्र पठाउछु तर तपाईको जात मिल्ने फलानोलाई गर्दिन’ भन्नु भो । मैले ]ठीक छ जस्लाई मनपर्छ गर्नु, जस्लाई मनपर्दैन नगर्नु’ भनें । सोही समयमा सामाजिक संन्जालमा मानब तस्करी हुन सक्ने सम्भावना भन्दै समाचार बाहिर निस्कियो । जुन मैले साथिहरूसमक्ष बिना बोर्डलाई जानकारी दिई एनआरएन अमेरिकाकाको लेटरप्याड प्रयोग भएको कुरा राखेको थिएँ ।

के म सचिवको हैसियतमा हामीहरूको संस्थामा भैराखेको कुरा आफ्नै संस्थाको साथिहरूसँग राख्न मिल्दैन ? त्यसो हो भने , हाम्रो २५ जनाको कार्यसमितीको नामरहेको लेटर प्याडमा हामी २५ जना भन्दा पदीय हिसाबमा तल वा माथी रहेका कुनै पनि ब्यक्तीले हस्ताक्षर गर्न मिल्छ ? के यो लेटरप्याड ह्वाइट पेपरमात्र हो र ?

सोहीबीचमा आज मलाई ‘एक हर्ताकर्ता, म धेरै धनाड्य, मै हो तिमीहरूको परम अधिपति’ भन्नेले फोन मार्फत धम्क्याएर भन्नुभो – ‘आउलास् मेरो एरिया न्युजर्सीमा । म भनेको शेष घलेको मान्छे हो । तँ को होस् ?’

तर मैले गर्वका साथ भनेंं – ‘म फलानो फलानो मेरो मान्छे भन्नु भन्दा पनी म एक जिम्मेवार ब्यक्ती हुँ । एनआरएन अमेरिकाको सचिव हुँ ।’

तर म कसैको ब्यक्तिगत मान्छे भन्ने बिषयमा भने नाजवाफ नै रहन बाध्य भएँ । किनकी मेरो शेष घले कोही पर्दैनन् । तर हामी जस्ता प्रवासमा रहेका नेपालीहरूको नायक भने पक्कै हुन् । अन्तर हृदयदेखि उहॉ र उहॉको श्रीमतिप्रति प्रत्येक नेपालीको सम्मान छ । सोही सिलसिलामा मलाई ‘खड्काहरू भनेका भ्रस्टचारी हुन्, नेपालमा फलानो फलानो थाहा छ’ भन्दै नाना भाती भन्न लाग्नु भो ।

के कोही खड्का भ्रष्टचारी हुदैमा सबैलाई दाज्न अथवा तुलना गर्न मिल्छ र ?

तसर्थ नेपाल तथा संसारभरबाट पाल्नुहुने सबै आमन्त्रित पाहुनाहरूलाई अमेरीकाको न्युजर्सीमा भेट हुने बाचा गर्दै गैर आवासिय नेपाली संघ अमेरीका हार्दिकताकासाथ स्वागत गर्दछ भन्ने कुरामा म बिशेष जोड दिन चाहन्छु ।

खड्का एनआरएन अमेरिकाका सचिव हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com