गाडी को मुल्यनै ढुवानी खर्च बराबर,ढुवानी खर्च मात्र ३६ लाख ५० हजार


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो।

व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए ।,यो खबर नयाँ पत्रिका दैनिकबाट लियिएको हो ।

रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । ‘सुर्खेतबाट सिमिकोटसम्म हेलिकोप्टरको भाडामा मात्रै १० लाख ५० हजार तिरेँ,’ उनले भने ।त्यस्तै अर्का व्यवसायी विजय लामाले पनि सेनाको हेलिकोप्टरबाटै बुधबार गाडी ल्याएका छन् । उनले पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टर चार्टर गरेरै सिमिकोटमा गाडी ओरालेका हुन् । यी दुईसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com