सानफ्रान्सिस्को बे एरियामा अध्यागमन छापा, १ सय ५० भन्दा धेरै पक्राउ (भिडियो)


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

सानफ्रान्सिस्को बे एरियामा यसैसाताको अध्यागमन छापामा १ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले आइतबारदेखि बे एरियामा छापामार्न सुरु गरेको थियो ।

पक्राउ परेकाहरुमध्ये आधाजसो विभिन्न अपराध गरेका कागजपत्रविहिन आप्रवासीहरु रहेका छन् । बाँकी कुनै अपराध नगरेका कागजपत्रविहिनहरु समेत पक्राउ परेका छन् ।

ओकल्याण्ड मेयरले आइसको छापा अगाडि ट्वीट्रमा पोष्ट गर्दै आइतवारदेखि आइसले छापामार्न सक्ने भन्दै सजग रहन चेतावनी पोष्ट गरेकी थिइन् । आइसका डेपुटी डाइरेक्टर थोमस होम्यानले मेयरको यस्तो पोष्टको विरोध गर्दै त्यस्तो पोष्टका कारण आइसका अधिकारीहरुमाथि जोखिम बढेको र अपराधीहरुले भाग्ने मौका पाएको बताएका छन् ।

बे एरियामा आइसको अन्य गतिविधिको सम्पूर्ण रिपोर्ट आइसकेको छैन । तर आइसले त्यस क्षेत्रमा अपराधमा संलग्न ८६४ जना कागजपत्रविहिनहरु फरार रहेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com