पत्रकार किशोर पन्थीको पहलमा संकलित डेढलाख मृगौलापीडितलाई हस्तान्तरण


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

– बिक्रम खत्री

अमेरिकाको न्युयोर्क निवासी पत्रकार खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थीको पहलमा संकलित १ लाख ५४ हजार ९ सय २० रुपैया मृगौलापीडित २० बर्षीय टेकराज खनाल तथा उनका परिवारलाई हस्तान्तरण गरिएको छ । दातामध्येका एक सुरेश वाग्ले र खसोखासका नेपाल प्रतिनिधि बिक्रम खत्रीले रकम हस्तान्तरण गरेका हुन् ।

गुल्मी रेसुङगा नगरपालिका वडा नम्बर ४ निवासी मित्रप्रसाद खनालका छोरा बर्ष २० का टेकराज खनालको दुबै मृगौलाले काम गर्न छाडेपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनका लागि आमा मिना खनालले मृगौला दान दिने भएकी छिन् । पहिले जन्म दिएर जीवन दिएकी उनै आमाले अहिले मृगौला नै दिएर पुनर्जीवन दिन तयार भएकी हुन् ।

अमेरिका निवासी पत्रकार खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थीले १ हजार डलर संकलन लक्ष्यसहित सहयोगका लागि फेसबुकमार्फत आब्हान गरेका थिए । सो आब्हानमा होस्टेमा हैंसे गर्दै १५ जना दाताहरुले १४२० डलर सहयोग गरेका थिए । जस अन्तरगत २८ डलर ८० सेन्ट पेपल शुल्क कटाएर हुन आएको १३९१ डलर २० सेन्टसमा पत्रकार किशोर पन्थीले १०८ डलर ८० सेन्टस थप्दा हुन आएको कुल १५०० अमेरिकी डलर अर्थात् नेपाली रुपैया १ लाख ५४ हजार ९ सय २० रुपैया हस्तान्तरण गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com