दीपक परियार अब ‘खसोखास सम्पादक’


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

अमेरिकामा बस्दै आउनुभएका र झण्डै १६ बर्षदेखि पत्रकारितामा सकृय रहदै आउनुभएका पत्रकार दीपक परियार अब खसोखासको सम्पादक हुनुभएको छ । उहाँले खसोखासको प्रिन्ट र अनलाइन दुबै भर्सनमा सामुदायिक विधा हेर्नुहुनेछ ।

बुटवलबाट प्रकाशित हुने नयाँदिशा दैनिकका प्रबन्ध निर्देशक हुँदै रेडियो जागरणको स्थापनाकालदेखि अहिलेसम्म नै निर्देशक रहनुभएका परियार जागरण मिडिया सेन्टरको वर्तमान बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ लगायत जागरण मिडिया सेन्टरको टिमले चर्चित टेलिश्रृंखला दलनको निर्माण गरेको थियो ।

अमेरिकामा रहेका नेपाली समुदायलाई आवश्यक पर्ने विभिन्न सुचना र समाचारहरु अब उहाँमार्फत खसोखासमा सम्प्रेषण हुनेछन् । समुदायका कुनै कार्यक्रमबारे सुचना र जानकारी दिनुपरेमा पनि उहाँलाई सम्पर्क गर्न सकिनेछ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com