प्रहरीले गर्यो, २५० लिटर घरेलु मदिरा नष्ट


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

फागुन १३, राजविराज ।  सप्तरी प्रहरीले आइतबार २५० लिटर अवैद्य घरेलु मदिरा र २५ ड्रम मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रण गरी नष्ट गरेको छ।

प्रहरी चौकी फत्तेपुरको टोलीले सप्तकोशी नगरपालिका वडा नं। १० बाट मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएको हो। गुनेलाल मलाह र धर्कन मलाहको घरबाट नियन्त्रण गरिएको कच्चा पदार्थ र मदिरा स्थानीयवासीको रोहबरमा नष्ट गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com