स्वास्थ्य मन्त्रालयमा १० जनाको दरबन्दी भए पनि प्रदेश ५ मा एक जना मात्र हाजिर


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

फागुन १२, रुपन्देही– प्रदेश नं ५ मा रहेको सामाजिक मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्रालयमा दश जनाको दरबन्दी भए पनि अहिलेसम्म एक जनामात्र हाजिर भएका छन्।

अन्य ९ जना अहिलेसम्म आइनपुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पान्डेका अनुसार १० जनाको दरबन्दी भएपनि आफुमात्र हाजिर बताए।
मन्त्रालयमा १० औं तहको उपसचिव एकजना चिकित्सक एकजना, एचए एकजना, आयुुर्वेदिक चिकित्सक एकजना आठौं तह एचए एकजना, नर्सिङ अधिकृत एकजना, स्टाफ नर्स एकजना, स्वास्थ्य शिक्षा अधिकृत एकजना र प्रशासन योजना र अनुगमनमा जनस्वास्थ्य अधिकृत एकजना गरि १० जनाको दरबन्दी रहेको छ।

स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पान्डे बताउँछन् । दुईजनाको पत्र आएको छ तर कर्मचारी नआएको उनले बताए । समाजिक मन्त्रालयमा सचिव पुष्कर राज पन्त आइसेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com