मलेसियामा अलपत्र परेका १० नेपालीको उद्दार


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

फागुन १२, मलेसिया । लामो समयदेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई मलेशिया स्थित नेपाली दूतावासको पहलमा उद्दार गरिएको छ ।
मलेसिया प्रशासनले विभिन्न समयमा पक्राउ गरि घर फिर्ति केन्द्रमा राखेको भए पनि उद्दार हुन नसक्दा पीडितलार्इ मानसिक तनाव हुने विभिन्न रोगको सङ्क्रमण हुन सक्ने भन्दै राजदुतावासले पहल गरेको हो ।

दुतावासले निशुल्क हवाई टिकटको व्यवस्था गरी बिहीवार पीडितलाई उद्धार गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

उद्दार गरी स्वदेश फिर्ता हुनेहरुमा सल्यानका अमर विक, बाँकेका नाजिर अलि शाही, तनहुँका नारायणबहादुर खड्का, सिन्धुलीका प्रकाश पाख्रिन, सङ्खुवासभाका वीरबहादुर मग्राती, काठमाडौँका टेकबहादुर दमाई, झापाका हरिस पुन, पर्साका हवारी मोहम्मद, कास्कीका टीका बहादुर तमाङ र ताप्लेजुङका उक्निहाङ लिम्बू रहेका छन् ।

दूतावासले घर फिर्ता हुन नसकेका तथा विभिन्न कारणले जेल जीवन बिताउदै आएका पीडित कामदारलाई उद्धार गर्दै स्वदेश पठाउने बताएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com