अमेरिकी दूतावासमा आत्मघाती आक्रमण


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

फागुन १०, एजेन्सी । मन्टेनिग्रोको राजधानी पाडगोरिकास्थित अमेरिकी दूतावासमा आत्मघाती ग्रिनेड आक्रमण भएको छ । यसबाट दूतावासमा भने कुनै क्षति नभएको बताइएको छ ।

आक्रमणकारीले अमेरिकी दूतावासमा ग्रिनेड आक्रमण गरेलगत्तै आत्मघाती बम आक्रमण गरेको थिए । दूतावास परिसरमा ग्रिनेड विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको पोडागास्थित अमेरिकी दूतावासले जनाएको छ । उक्त आक्रमण बुधवार मध्यरातमा भएको थियो ।

मन्टेनिग्रोको प्रहरी अधिकारीले भने, ‘पाडगोरिकास्थित स्पोर्ट सेन्टर नजिकै आक्रमणकारीले आफैँमाथि बम विस्फोट गराएका थिए । त्यसअघि उनले दूतावासमा ग्रिनेड प्रहार गरेका थिए ।’ उक्त ग्रिनेड हाते भएको भएको प्रहरीले पुष्टि गरेको छ । अपराधीको पहिचान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता हेथर नोर्टका अनुसार मन्टेनिग्रोस्थित अमेरिकी दूतावासमा कार्यरत सबै कर्मचारी सुरक्षित छन् । उनले त्यहाँ कार्यरत सबै कर्मचारीको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले आन्तरिक जाँच गरिरहेको पनि उनले जानकारी दिए ।

दूतावासले मन्टेनिग्रोस्थित अमेरिकी नागरिकलाई सजग हुन चेतावनी दिएको छ । साथै अर्को आदेश नआउँदासम्म दूतावासभन्दा टाढै रहन आग्रह गरिएको छ । गत वर्ष मन्टेनिग्रोले उत्तर एटलान्टिक सैन्य संगठन ९नाटो० को सदस्यता लिएको थियो । यसको विरोधमा यहाँका नागरिकले विशाल प्रदर्शन गर्ने गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com