‘मोदी नै भष्ट्राचारी हुन्’ – नेता गान्धी


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी भष्ट्राचारी रहेको आरोप लगाएका छन् ।

कांग्रेस अध्यक्ष गान्धीले मेघालयमा पत्रकारसंग कुराकानी गर्दै प्रधानमन्त्री मोदी आफै भ्रष्टाचारी रहेको र उनी भ्रष्टाचारको माध्यम रहेको आरोप लगाएका हुन् ।

गान्धीले भने, ‘हामीले लामो समयदेखि भन्दै आएका छौँ कि नरेन्द्र मोदी भ्रष्टाचारको विरोधमा छैनन् । उनी आफै भ्रष्टाचारी छन् । उनी भ्रष्टाचारका माध्यम हुन् ।’

गान्धीले मोदीमाथि जनताको पैसा केही सीमित मानिसलाई बाँडेको आरोप लगाए । उनले भने, ‘पूरै देशको पैसा बैंकमा छ । जनताले जम्मा गरेको २२ हजार करोड रुपैयाँ नीरव मोदीले लगे । एक पछि एक घोटलाका घटना आएका छन् ।’

पछिल्लो समय पञ्जाब नेशनल बैंकमा घोटलाको घटना बाहिर आएको छ । प्रधानमन्त्री मोदीले अहिलेसम्म यस विषयमा बोलेका छन् । गान्धीले मोदीको ट्वीटरमा पनि आलोचना गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com