सिरियामा सेनाले विद्रोहीमाथि गर्यो भीषण आक्रमण, २५० को मृत्यु


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, काठमाडौं,— सिरियामा विद्रोहीको कब्जा रहेको पूर्वी घोउटामा सिरियाली सेनाले अहिलेसम्मको सबभन्दा ठूलो आक्रमण गरेको छ ।

सेनाका विमानले उक्त क्षेत्रमा हरेक मिनेटमा २५ देखि ३० गोला हानिरहेका छन् । विद्रोहीहरूमाथि दुई दिनदेखि गरिएको बम आक्रमणमा अहिलेसम्म लगभग २५० मानिसको मृत्यु भइसकेको छ । त्यसमा ५० बच्चा पनि परेका छन् ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, यी आक्रमणहरूमा ६ वटा अस्पताल पनि ध्वस्त भएका छन् । यसैगरी बमबारी कायम रहेमा स्थिति नियन्त्रणबाहिर पुग्नेछ । यी प्रतिवेदनहरूमाथि सिरियाली सेनाले कुनै बयान जारी गरेको छैन ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार, दुई दिनदेखि हवाई आक्रमणमा कम्तीमा २५० मानिसको मृत्यु भइसकेको छ । विगत ४८ घन्टामा नागरिकहरूको मृत्युको आँकडा सन् २०१३ को रासायनिक आक्रमणपछिको सबभन्दा धेरै हो ।

सिरियामा काम गर्ने अभियन्ताहरूले पूर्वी घोउटामा मंगलवार १० गाउँ र साना शहरलाई तारो बनाएका थिए । सेनाको आक्रमणका कारण १५ हजार मानिस घर छोडेर भागेका छन् ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com