एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति, पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

अन्तत नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको छ ।

दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने जनाइएको छ ।

दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको छ । तर, यो विषय सहमतिमा उल्लेख गरेका छैनन् । साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com