सुशासनका लागि मोबाइल एप्लिकेशन ‘सिंहदरबार’


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

नेपालमा सुशासनका लागि पहिलो मोबाइल एप्लिकेशन सुरु गरिएको छ । सर्च फर कमन ग्राउण्डले नेपालमा सुशासनका लागि ‘सिंहदरबार’ नामको मोबाइल एप्स सुरु गरेको हो ।

सरकारी नीति नियमहरु, महत्वपूर्ण नियम कानुनहरु लगायतका विषयमा सर्वसाधारणहरुलाई सुचित गर्न र जागरण ल्याउन मोबाइल एप्स सुरु गरिएको सर्च फ कमन ग्राउण्ड नेपालका कार्यक्रम विकाश तथा संचारसम्बन्धि बरिष्ठ संयोजक आयुश जोशीले जानकारी दिएका छन् । एप्स गुगल प्लेमा मात्र उपलब्ध छ । एप्समा टेलिभिजन श्रृंखला सिंहदरबार हेर्न सकिनेछ भने गाउँ गाउँमा सिंहदरवार सुन्न सकिनेछ ।

एप्लिकेशन सुरुवातको घोषणा गर्दै सर्च फर कमन ग्राउण्ड नेपालका कन्ट्री डाइरेक्टर डाक्टर भोला प्रसाद दाहालले मोबाइल एप्सबाट सर्वसाधारणहरु सुचित हुनेमात्र नभई सर्वसाधारणले सुशासनका लागि वाचडगको काम समेत गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

मोबाइल एप्स सुशासनका लागि युएसएडबाट सहायता प्राप्त परियोजनाको एउटा अंश हो । मोबाइल एप्स काजी स्टुडियोले बनाएको हो ।

मोबाइल एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com