‘कृ’ टेक्सासमा लगातार दुई साता देखाइने


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

चर्चित नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ टेक्सासमा लगातार दुई साता देखाइने भएको छ । टेक्सासको अर्भिङ डलासमा चलचित्रको प्रदर्शन गरिने प्याट्रिक सुवेदीले जानकारी दिएका छन् ।

चलचित्र आगामी फरबरी २३ बाट देखाइने जनाइएको छ । नेपाल ११ इन्टरटेन्मेन्टले चलचित्र देखाउन लागेको हो । सम्भवत नेपाली चलचित्र अमेरिकामा यति लामो समय लगातार देखाउन लागिएको यो नै पहिलो पटक हो ।

त्यसलगत्तै चलचित्र ‘कृ’ को प्रदर्शन फरबरी २५ मा न्युयोर्कको टप मध्येको थिएटरमा देखाउन लागिएको छ । न्युयोर्कको अष्टोरियामा रहेको चर्चित थिएटर कफमेन अष्टोरियामा चलचित्र देखाइन लागेको हो । रिगल सिनेमाबाट संचालित यो थिएटर न्युयोर्कका उत्कृष्ट थिएटरमध्येको एक हो । जसमा हलिउडका ए ग्रेडका चलचित्रहरु प्रिमियर हुने गरेका छन् भने बलिउडका केही चर्चित चलचित्रहरु समेत देखाइने गरिन्छ ।

चलचित्र ‘कृ’ को न्युयोर्क प्रिमियर फरबरी २५ आइतबार दिउसो साढे २ बजे गर्न लागिएको हो । चलचित्रको टिकट पहिले नै लिनेहरुले २५ डलर तिरे पुग्नेछ भने ढोकामा लिनेले ३० डलर तिर्नुपर्नेछ । थिएटरको नियमित भन्दा बढी शुल्क तिर्नुपरेपनि दर्शकले पहिलोपटक गुणस्तरीय चलचित्र थिएटरमा नेपाली चलचित्रको अनुभव गर्न पाउने भएका छन् । चलचित्र र यसको टिकटबारे थप बुझ्न ९१७ ५७९ ५१४३ मा छेपकलाई सम्पर्क गर्न सकिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com