हेलिकोप्टर दुर्घटनामा १४ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

 

फागुन ६, मेक्सिको । भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै पर्दछ ।

हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मेक्सिकोको ओक्साआकामा शुक्रबार ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो । भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक संरचनाहरुमा क्षति पुगेको छ । बीबीसी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com