लस एन्जलसका १२२ ब्यापारमा अध्यागमन छापा, २१२ पक्राउ


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

अमेरिकाको लस एन्जलस क्षेत्रमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले १ सय २२ वटा बिजनेशमा छापा मारेर २ सय १२ कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । आइतबारदेखि बिहिबारसम्मको अपरेशनमा आइसले उनीहरुलाई पक्राउ गरेको हो ।

उत्तरी क्यालिफोर्नियाका ७७ बिजनेशमा छापा मारे लगत्तै दक्षिणी क्यालिफोर्नियामा यसरी छापा मारिएको हो । पक्राउ परेकाहरुमध्ये ८८ प्रतिशत विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।

लस एन्जलस सिटीले कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरेकाले आफूहरुले अपराधीहरुलाई जेलबाटै नियन्त्रणमा लिन नसकेको र समुदायमा गएर पक्राउ गर्नु परेको आइसले जनाएको छ । लस एन्जलस कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने स्यांचुअरी सिटी रहेकाले यसलाई कतिपयले स्थानीय र संघीय सरकारबीचको युद्धका रुपमा समेत हेरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com