प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिए शपथ


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

फागुन ४, काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथग्रहण गरेका छन् । शुक्रबार बिहान आयोजित एक समारोहमा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन् । गुरुङले शपथ ग्रहणलगत्तै दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ गराएका हुन् ।

वाम गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले भने मन्त्री पठाको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com