‘भ्यालेन्टाइन डे’मा विवाह प्रस्ताव नमान्दा बलात्कार


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

हरेक वर्षको फेब्रुअरी १४ का दिन विश्वभर प्रणय दिवस मनाइन्छ । यो दिन प्रेम र विवाह प्रस्ताव गरिन्छ । नेपालमा पनि यो दिवस यसै गरी मनाइन्छ । तर यही दिनमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ

समाचार अनुसार एक युवाले ‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाहको प्रस्ताव गरेपछि नमान्दा भकुन्डेबाट अपहरण गरेर बलात्कारा गरेको पीडित युवतीले प्रहरी समक्ष बयान दिएकी थिएन ।

भ्यालेन्टाइन डेको अघिल्लो दिन मंगलबार भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेपछि यो रहस्य खुलेको हो । अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार विष्टसहित ३, ४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्‍याएको थियो । युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार विहान पीडितको उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताउनुभयो ।

उद्धारपछि युवतीले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा भेटिएकी पीडितले भनिन्, ‘मलाई जबरजस्ती पनि भएको छ, अब म कानुनी प्रक्रियामा अगाडि लाग्छु । ममाथि अपरहण अनि जबरजस्ती करणी भएको छ ।’

पीडितको जाहेरीका आधारमा अपरहण तथा जवरजस्ती करणीको मुद्दा दर्ता समेत भएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com