दुबै दलका सांसदबीच अध्यागमन सम्झौता, डिभी लोटरी खारेज नहुने, मतदान बिहिबार


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

अमेरिकामा झण्डै २० लाख कागजत्रपविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लेजानै विषयमा डिलमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सिनेटहरुबीच अध्यागमन सम्झौता भएको छ । बुधबार दुबै दलका सिनेटरहरुको समुहबीच अध्यागमन सम्झौता भएपछि बिहिबार यसबारे सिनेटमा मतदान हुने अपेक्षा गरिएको छ ।

दुई पार्टीका सिनेटरहरुबीचको अध्यागमन सम्झौतामा सन् २०१२ भन्दा अगाडि बालयकालमा अमेरिका आएका झण्डै २० लाख कागजपत्रविहिनहरुले १० देखि १२ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्नसक्नेगरी वैधानिकताको बाटोमा लैजाने उल्लेख गरिएको छ । सिमा सुरक्षाका लागि २५ बिलियन डलर खर्च गर्ने विषय पनि बिलमा समेटिने सम्झौता भएको छ । ट्रम्पले चाहेजस्तो तुरुन्तै नभई आगामी १० बर्षमा उक्त बजेट खर्च गरिनेछ ।

रिपब्लिकन नेताहरु ट्रम्पको चार खम्बे अध्यागमन प्रस्तावलाई लागु गराउने पक्षमा रहेका छन् । तर बुधबारको सम्झौतामा डिभी लोटरीको अन्त्यको विषय भने समेटिएको छैन । तर चेन माइग्रेशन अन्त्यको विषय समेटिए पनि ट्रम्पले चाहेजस्तो गरी कडा रुपमा भने नहुने भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com