युएससीआईएसले अधिकांश फर्मशुल्क क्रेडिट कार्डबाट पनि लिने


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

अब युएससीआईएसलाई आवेदनबापत तिर्नुपर्ने अधिकांश शुल्क क्रेडिट कार्डबाट पनि तिर्न सकिने भएको छ । बुधबार युएससीआइएसले अधिकांश फर्मको शुल्क क्रेडिट कार्डबाट समेत लिने घोषणा गरेको हो । ट्राभल डकुमेन्ट, ग्रिनकार्डदेखि नागरिकतासम्मको आवेदनशुल्क अब क्रेडिट कार्डबाट समेत तिर्न सकिने भएको छ ।

कुनकुन आवेदनका लागि क्रेडिट कार्डबाट तिर्न सकिन्छ ? यहाँ हेर्नुहोस् ।

मास्टर कार्ड, भिसा, अमेरिकन एक्सप्रेस र डिस्कभरबाट शुल्क तिर्नका लागि आवेदकले जी १४५० नामको फर्म भर्नुपर्नेछ ।
युएससीआईएसले पे डट गभ नामको वेवसाइटको सिस्टममा डाटा राखिसकेपछि क्रेडिट कार्डको संरक्षणका लागि उक्त फर्म नष्ट गर्नेछ ।

अमेरिकी नागरिकता, ग्रिनकार्डको रिप्लेस लगायतका लागि अनलाईन फाइल गर्नेहरुका लागि यस अगाडि पनि क्रेडिट कार्ड पेमेन्ट स्वीकार गरिदै आएको थियो । त्यो बाहेक सन् २०१५ देखि लकबक्समा फाइल गरिने नागरिकता आवेदनका लागि पनि युएससीआईएसले क्रेडिट कार्ड पेमेन्ट स्वीकार गर्दै आएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com