डिभी लोटरीको अन्त्यको विषय यसै साता टुंगो लाग्ने


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

अमेरिकामा डिभी लोटरी अन्त्य हुने वा नहुने विषय यसैसाता टुंगो लाग्ने देखिएको छ । विगत ५ बर्षकै सबैभन्दा ठूलो अध्यागमन बहस सुरु भएको सदनले डिभी लोटरीको विषयमा यसै साता टुंगो लगाउने प्रयास गरिरहेको छ ।

सिनेटका रिपब्लिकन नेता मिच क्याकोनेलले आफूहरुले अध्यागमन बहस यसै साता सहमतिमा टुंगाउन खोजेको बताएका छन् । ट्रम्पको अध्यागमन योजनामा डिभी लोटरीको अन्त्य, चेन माइग्रेशनको अन्त्य, सिमानामा पर्खाल र डाकाको समाधान रहेका छन् । अहिले सिनेटमा यीनै विषयहरुमा बहस भइरहेको छ ।

डिभी लोटरीको अन्त्य भएमा त्यसबाट सबैभन्दा बढी नेपालीहरु प्रभावित हुनेछन् । किनभने विगत चारबर्षको तथ्यांक हेर्दा विश्वमा नै सबैभन्दा धेरै नेपालीहरु डिभी लोटरीबाट अमेरिकामा आएका छन् । त्यस्तै नेपालीहरु अमेरिका आउने सबैभन्दा पहिलो माध्यम पनि डिभी लोटरी नै हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com