ट्रम्पको अध्यागमन योजना सिनेटका रिपब्लिकन नेताबाट स्वीकार


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चारखम्बे अध्यागमन योजना सिनेटका रिपब्लिकन नेताहरुले स्वीकार गरेका छन् । मंगलबार सिनेटका रिपब्लिकन नेताहरुले १८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने, सिमा सुरक्षा र पर्खालकाका लागि २८ बिलियन खर्च गर्ने , चेन माइग्रेशन र डिभी लोटरी अन्त्य गर्ने चारखम्बे अध्यागमन योजना स्वीकार गरेका हुन् ।

रिपब्लिकन सिनेटरहरुले अहिले यो योजना स्वीकार गर्ने डेमोक्र्याट सिनेटरहरुमाथि दबाब सृजना गरिरहेका छन् । झण्डै पाँचबर्षपछि अमेरिकी सिनेटमा अहिले अध्यागमनका बारेमा मुख्य बहस सुरु भएको छ । सोमबारसाँझबाट यो बहस सुरु भएको हो । ट्रम्पको अध्यागमन योजना अन्तिम र उत्तम अफर भएको रिपब्लिकन नेताहरुले बताएका छन् ।

अमेरिकी संसदसमक्ष बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाकाको समाधानका लागि मार्च ५ सम्मको मात्र समय रहेको छ । मार्च ५ भित्र सहमतिमा पुग्न नसके डाकाबाट संरक्षित झण्डै ७ लाखजना देशनिकालाको प्रकृयामा जानेछन् । मार्च ५ भित्र सहमति कायम हुन नसकेर उनीहरु देशनिकालाको प्रकृयामा गएमा देशको दोष डेमोक्र्याटहरुले लिनुपर्ने हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com