पर्वतमा पहिरोले घर ४ पुरिदा १ को ज्यान गयो, ८ बेपत्ता


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

पर्वतको जलजला गाउँपालिका लस्तीमा पहिरोले घर ४ पुरिदा १ जनाको ज्यान गएको छ । पहिरोमा परि ८ जना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ । स्थानीय बमबहादुर परियारको घरसहित स्थानीय ४ घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोले घर बगाउँदा बमबहादुरका १२ वर्षीय छोरा विकास परियारसहित स्थानीय ५ जना सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोबाट उच्च जोखिममा परेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रभावित क्षेत्रमा गएरातीदेखि नै प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । यस्तै सोही वडाको धाइरिङमा पहिरोले घर बगाउँदा ६ जना घाइते भएका छन् । स्थानीय भिमलाल आचार्यको घर पहिरोले बगाउँदा ६ जना घाइते भएका हुन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com