१८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विधयेक सार्वजनिक (पूर्ण पाठ)


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

रिपब्लिकन सिनेटरहरुको एउटा समुहले अमेरिकामा रहेका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव सहितको बिल सार्वजनिक गरेको छ । आइतबार राती सार्वजनिक गरिएको उक्त बिलमा बाल्यकालमा अमेरिका आएका झण्डै १८ लाख योग्य कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव समेटिएको छ । बिलमा सिमा सुरक्षाका लागि २५ बिलियन डलरको प्रस्ताव पनि राखिएको छ ।

यो प्रस्तावमा यसै साता केही सुधारहरु हुने अपेक्षा पनि गरिएको छ । यो बिलमा नजिकका नातेदार समेत अमेरिका ल्याउन सकिने चेन माइग्रेशनलाई साँगुरो बनाउने र डिभी लोटरीको अन्त्यको विषय पनि समेटिएको छ । सोमबार दिउसो सार्वजनिक गर्ने भनिएको उक्त बिल आइतबार राती नै सार्वजनिक गरिएको हो ।

बिलमा परिवारमा आधारित ग्रिनकार्ड पनि दम्पत्ति र १८ बर्ष ननाघेका छोराछोरीहरुलाई मात्र दिने प्रस्ताव गरिएको छ । परिवारमा आधारित ग्रिनकार्डलाई साँघुरो बनाउँदा र डिभी लोटरी अन्त्य गर्दा पहिले नै आवेदन दिएर ग्रिनकार्ड कुरेका झण्डै ५० लाखले छिटो ग्रिनकार्ड पाउने अपेक्षा गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com