डाक्टर केसीसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक–एक जना सहसचिव रहने व्यवस्था पनि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

वार्ता टोलीलाई वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने कार्यादेश दिइएको छ । १७ दिन यता जुम्लामा पुगेर आमरण अनसन बस्नु भएको वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com