सरकारले बाजुरामा मारिएका दुई जनालाई २० वर्षपछि गर्‍यो, शहीद घोषणा


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

माघ २७, बाजुरा । नेपाल सरकारले २०५४ साल जेठ ४ गतेको स्थानीय निर्वाचनमा मारिएका आईते सेराला र धन बहादुर खातीलाई शहीद घोषणा गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको बैठकले दुई जनालाई सहित घोषणा गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद बद्रीप्रसाद पाण्डेले बताए ।

उनीहरुको साविकको कुल्देवमाण्डौँ गाविस र हालको बुढीगंगा नगरपालिका वडा नं. ४ को टाँटे प्रहरी चौकीमा प्रहरीले गोली हानी हत्या गरेको थियो । तत्कालीन समयमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री भएको बेला स्थानीय निर्वाचनको क्रममा उनीहरुलाई प्रहरीले गोली हानेको थियो ।

राज्यको गोली लागेर मृत्यु भएका दुवै जनाको हत्या भएको २० वर्षपछि नेपाल सरकारले शहीद घोषणा गरेपछि आफन्तको मुहारमा खुसी छाएको आफन्त हर्क खडायतले बताए । निर्वाचनको बेला प्रहरीले गोली लागेर मृत्यु भएका आईते सेरालाको हालसम्म शवको समेत अत्तोपत्तो छैन् । सेरालाको शव परिवारले समेत पाएन् । तत्कालीन गृहमन्त्री वामदेव गौतमको ठाँडो आदेशमा प्रहरीले गोली हान्दा दुवै जनाको मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com