फुडस्ट्याम्प लिनेलाई ग्रिनकार्ड नदिने नियमको ड्राफ्ट तयार


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

ट्रम्प प्रशासनले फुड स्ट्याम्प लगायत गरिबले लिने सरकारी सुविधा प्राप्त व्यक्तिलाई ग्रिनकार्ड प्रदान नगर्नेगरी नयाँ नियमको ड्राफ्ट तयार पारेको रोयटर्सले जनाएको छ । यदि कुनै व्यक्तिले वा उनीहरुका अमेरिका जन्मेका छोराछोरीहरुले खाद्य सहयोग लगायतका सरकारी सहयोग लिएमा त्यस्ता व्यक्तिलाई अमेरिकी ग्रिनकार्ड प्रदान नगर्ने गरी नियम ल्याउन लागिएको हो ।

ड्राफ्ट गरिएको नियम बर्तमान नियमहरुभन्दा धेरै कडा रहेपनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले भने आफूहरु विद्यमान नियमकै पालनामा प्रतिबद्ध रहेको बताएका छन् । नयाँ नियम ग्रिनकार्ड प्राप्त गरिसकेका व्यक्तिलाई नागरिकता लिने क्रममा भने लागु नहुने जनाइएको छ ।

अमेरिकामा नै रहेका, काम गरिरहेका वा अमेरिकका नजिकका परिवारका सदस्यका रुपमा रहेका लगायतले ग्रिनकार्ड फाइल गर्ने क्रममा भने यो नियमले प्रभावित पार्नेछ । कुनै अमेरिकन छोराछोरीले त्यस्तो सुविधा लिएको भएमा उसका बाबुआमा वा परिवारका अन्य सदस्यका लागि ग्रिनकार्ड फाइल गर्दा भने यो नियमले प्रभाव पार्ने जनाइएको छ ।

कुनै व्यक्तिका छोराछोरीले अमेरिकामा अफोर्डेबेल केयर एक्टले प्रदान गर्ने स्वास्थ्य विमा, पोषण कार्यक्रम सहयोग स्न्याप, चिल्डे्रन हेल्थ इन्सुरेन्स चिप वा अन्य कुनै सुविधा लिएको छ भने पनि ग्रिनकार्ड फाइल गर्दा समस्या आउनेछ । खासगरी करदाताको रकमबाट सरकारले प्रदान गर्ने कुनै पनि सुविधा लिनेलाई ग्रिनकार्ड नदिनेगरी नयाँ नियम ड्राफ्ट गरिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com