ताइवान भूकम्पको उद्धारकार्य जारी


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

ताइवानमा गत बुधबार विहान गएको शक्तिशाली भूकम्पको उद्धारकार्य जारी रहेको बताइएको छ ।

भूकम्प गएको ६० घण्टापछि पनि एक भवनको भग्नावशेषमा फसेर रहेका सात व्यक्तिको उद्धारको लागि ठूलो संख्याका उद्धारकर्ताहरुले काम गरिरहेका जानकारी दिएका छन् ।

तालिवानको हुवालिन सहर प्रभावित हुनेगरी सो भूकम्प गएको थियो । सो भवनको भग्नावशेषमा फेसेका सात व्यक्तिमा पाँच ताइवानी र एक क्यानाडाली छन् । अर्का एकको परिचय खुलेको छैन ।

यस भूकम्पमा परी दश जनाको ज्यान गएको छ भने अरु २७६ नराम्ररी घाइते भएका बताइएको छ । बुधबार बिहान गएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो ।

त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । अझ पनि विस्तृत विवरण भने प्राप्त हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अझ पनि भूकम्प प्रभवित क्षेत्रमा उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको बताइएको छ ।

उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीले भूकम्पपछिको उद्वार तथा राहातका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएइको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com