अमेरिकामा शरण लिएकाहरुका परिवार अमेरिका आउँदा जाँचमा थप कडाई


प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार

अमेरिकामा शरण लिएर बसेका शरणार्थीहरुका परिवारहरु आप्रवासी भिसामा अमेरिका आउँदा सुरक्षा जाँचमा अत्याधिक कडाई गरिने भएको छ । युएससीआईएस र अमेरिकी विदेशमन्त्रालयले सुरक्षा जाँचका नयाँ मापदण्डहरु लागु गरेको हो ।

परिवारका सदस्य, श्रीमान् श्रीमति वा बच्चाबच्चीहरु शरणार्थी मान्यता प्राप्त गरिसकेका व्यक्तिसँग अमेरिकामा बस्नेगरी आउँदा अब सुरक्षाका नयाँ मापदण्डहरु पार गर्नुपर्नेछ । शरणार्थी कार्यक्रमबारे १२० दिनसम्मको पुनरावलोकनपछि यस्तो मापदण्ड तय गरिएको हो ।

१२० दिनको पुनरावलोकनपछि या त कार्यक्रम नै बन्द गर्ने या त संचालन गर्ने विकल्प दिइएको थियो । तर पुनरावलोकनपछि कार्यक्रम सुचारु राख्ने तर सुरक्षाका नयाँ मापदण्ड लागु गर्ने निर्णय गरिएको हो ।

परिवारसँग बस्न आउनेहरुको सन्दर्भमा फर्म ५९० पेश गर्न लगाइने, शरणार्थीका रुपमा दर्ता गर्न लगाइने र जानकारीहरुको अनुरोधका लागि युएससीआईएस वा डिपार्टमेन्ट अफ स्टेटले सिधा आवेदकलाई सम्पर्क गर्ने जनाइएको छ । अमेरिकी सरकारले तयार पारेका बर्गिकृत डेटाबेससँग व्यक्तिको विवरण भिडाएर कडा सुरक्षा जाँच गरिने युएससीआईएसले जारी गरेको सुचनामा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com