गीता खत्रीको कथासंग्रह ‘अन्त्यहीन इच्छा’ साझाबाट प्रकाशित

अमेरिका निवासी साहित्यकार गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छा प्रकाशित भएको छ । १७ वटा कथाहरुको संग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो ।

कथा संग्रहमा मानवीय जीवनका सुक्ष्म तत्वहरुको कलात्मक प्रस्तुतीका साथ गहन वर्णन गरिएको प्रकाशकले जनाएका छन् । मानवीय जीवनका उतारचढाव र यिनीहरुले समाजमा पार्नसक्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा सरल रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाशकले भनेका छन् – ‘मानवीय जीवनका सुखदुख, पीडा र व्यथाहरु समेटिएका छन् । तिनले आम मानिसको प्रतिनिधित्व गरेका छन् । समाजमा घट्ने सानातिना घटनाहरुको कलात्मक प्रस्तुती हो यो संग्रह । डायस्पोरिक लेखनमा समेत प्रस्तुत कथासंग्रहले महत्वपूर्ण भूमिका खेलेको छ ।’

आफ्ना सबैजसो कथाहरुले डायस्पोरिक परिवेशलाई समातेका कथाकार खत्रीको भनाई छ । उहाँ भन्नुहुन्छ – ‘यसो गर्दा कति मान्छेको जीवनसँग मेल खान पुग्दोरहेछ । यस्तो हुँदा कहिलेकाँही कसैलाई दुखपीडा पनि हुनसक्छ भने कसैलाई हौसला हुनसक्छ । पाठकलाई रुवाउनु, दुख दिनु, पीडा दिनु मेरो मनसाय कदापी होइन ।’

साहित्यकार खत्रीको यो नै पहिलो कथासंग्रह हो । तर यस अगाडि खत्रीका पाँचवटा पुस्तक भने प्रकाशित भइसकेका छन् । खत्रीले लेखेका गीतका चारवटा गिती एल्बम समेत बजारमा आइसकेका छन् । झोखाङदेखि मजाटलानसम्म नियात्रासंग्रह, आमा हुन् आमा खण्डकाब्य, सिर्जनायात्रामा गतिा गीतिसंग्रह, सपनाको धरहरा कवितासंग्रह र सिर्जनायात्रामा गीता कविता र गजलसंग्रह खत्रीका यसअघि प्रकाशित कृति हुन् ।

शनिबार, माघ २०, २०७४ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com