‘चराको गीत’ लिएर आए कृसु


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

न्युयोर्कमा कार्यरत नेपाली वाणिज्यदूत साहित्यकार कृसु क्षेत्रीको नयाँ कविता संग्रह ‘चराको गीत’ प्रकाशित भएको छ । यो कविता संग्रह साझा प्रकाशनले बजारमा ल्याएको हो । १२ बर्षको अन्तरालमा क्षेत्रीको नयाँ कवितासंग्रह बजारमा आएको हो । यस अगाडि २०६३ सालमा उहाँको ‘बोधिसत्वको मृत्युउत्सव’ कवितासंग्रह प्रकाशित भएको थियो ।

नयाँ कविता संग्रहको प्रकाशनपछि क्षेत्रीले खुशी व्यक्त गर्दै भन्नुभएको छ – ‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे, हो रहेछ । २०६३ सालमा बोधिसत्वको मृत्युउत्सव कवितासंग्रहपछि बल्ल १२ वर्षमा मेरो नयाँ कवितासंग्रह चराको गीत आज प्रकाशन भएको छ ।’

लगभग डेढ वर्ष पहिले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कवितासंग्रह प्रकाशन गर्ने गरी स्वीकृति दिनुभएको भन्दै उहाँले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र साझा प्रकाशनलाई धन्यवाद दिनुभएको छ ।

केही पुराना र केही नयाँ कविता गरी ४२ थान कवितासहित कविता संग्रह प्रकाशित भएको हो । संग्रह प्रकाशनका लागि हरपल उत्साहित गर्ने महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, भूमिकालेखक वरिष्ठ समालोचक डाक्टर लक्ष्मणप्रसाद गौतम, आवरणका लागि प्राज्ञ रमेश श्रेष्ठ, लेखक तस्विरका लागि वरिष्ठ फोटोग्राफर विमल नेपाल र टाइपसेटिंगका लागि भोला महर्जनलाई क्षेत्रीले धन्यवाद दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com