फेसबुकमा बिटक्वाइन लगायत क्रिप्टोकरेन्सी विज्ञापन प्रतिबन्ध


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

फेसबुकले बिटक्वाइन लगायतका सबै क्रिप्टोकरेन्सी विज्ञापनमा प्रतिबन्ध लगाएको छ । आईसीओ, बिटक्वाइन, इथर्नम लगायतका क्रिप्टोकरेन्सी विज्ञापनमा प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ ।

मंगलबार एक ब्लग पोष्ट गर्दै फेसबुकले क्रिप्टोकरेन्सी सम्बन्धित सबै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो । क्रिप्टोकरेन्सीको बजार अनियन्त्रित भइसकेपछि फेसबुकको यस्तो प्रतिबन्ध आएको हो ।

राम्रो विश्वास नभएका कैयन कम्पनीहरुले क्रिप्टोकरेन्सीको विज्ञापन गर्न थालेपछि व्यक्तिहरुलाई ठगीबाट जोगाउन फेसबुकले प्रतिबन्ध घोषणा गरेको हो ।

तपाईको सेवानिबृत्त रकम बिटक्वाइन किन्नमा लगाउनुहोस्, नयाँ आईसीओ, १५ प्रतिशत डिस्काउन्टमा टोकन किन्नुहोस् जस्ता विज्ञापनहरु फेसबुकमा आउन थालेपछि क्रिप्टोकरेन्सी सम्बन्धित विज्ञापनमा प्रतिबन्ध लागेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com