अस्पतालको लाहपरबाहीका कारण, युवकको पीडादायी मृत्यु


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

माघ १५, काठमाडौं । भारतको मुम्बईस्थित नायर अस्पतालका चिकित्सकहरूका लापरवाहीका कारण एक युवकको पीडादायी मृत्यु भएको छ । आफ्नी आमाको उपचार गराउन आएका ती ३२ वर्षीय युवक एमआरआई मशिनका कारण ज्यान गुमाउन बाध्य भए ।

प्रहरीले यसमा एफआईआर दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

जानकारीअनुसार, मृतक राजेश मारूकी आमा अस्पतालमा भर्ना भएकी थिइन् र उनको एमआरआई गराउनुपर्ने थियो । शनिवार साँझ राजेशलाई एमआरआई कोठामा अक्सिजन सिलिन्डर ल्याउन भनियो । उनी कोठामा पुग्नेबित्तिकै म्याग्नेटिक पावरका कारण मशिनले उनलाई आफूतिर खिँच्यो ।

अनि उनले समातिरहेको सिलिन्डर खुल्यो र ग्यास मुखमार्फत पेटमा पुग्यो । त्यहाँ उपस्थित व्यक्तिहरूले उसलाई तुरुन्तै बाहिर ताने र ट्रमा सेन्टरमा भर्ना गरे । त्यहाँ उसलाई मृत घोषित गरियो ।

 

मृतकका आफन्तले अस्पताल प्रशासनले लापरवाही गरेको आरोप लगाएका छन् । राजेशका भिनाजु हरीश सोलंकीले अस्पतालको एक वार्ड बोईले राजेशलाई एमआरआई कक्षमा अक्सिजन सिलिन्डर लग्नु भनेको जबकि त्यस कक्षमा धातुका कुनै पनि पदार्थ लान नहुने बताए ।

वार्ड बोईले मशिन बन्द छ, केही हुँदैन भनेकोले राजेश भित्र गए तर सिलिन्डरको धातुलाई मशिनको चुम्बकले तान्यो र दुर्घटना हुन पुग्यो ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com