खाने होइन त न्युयोर्कमा खसीको सेकुवा, मलेखुको माछा र चितवनको तास ?


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

मलेखुको माछा नखाएको कति भयो ? चितवनको तासको न्याश्रो लागेको त छैन ? यदि छ भने तपाईले अब त्यसको स्वाद न्युयोर्कमा नै पाउन सक्नुहुनेछ । न्युयोर्कको रिजउडमा रहेको रेष्टुरेण्ट ह्वाइल इन काठमाडौंमा तपाईले अब नेपाली स्वादका परिकारहरु पाउन सक्नुहुनेछ । चितवनको तास, मलेखुको माछा, खसीको सेकुवा, साँदेको आलु, काठमाडौं अल्फ्रेडो, ग्रिल माछा, काठमाडौं पोपर्स जस्ता परिकारहरु पाउन सक्नुहुनेछ । यी परिकार कतिपय वास्तविक स्वादमा छन् भने कतिपय फ्युजनका रुपमा रहेका छन् । चितवनमा जन्मिएका विकाश खरेलले यो रेष्टुरेण्ट संचालन गर्दै आएका छन् ।

तस्विर : खसोखास

मूल्यसुची

चितवनको तास : १२ डलर
मलेखुको माछा : ८ डलर
खसीको सेकुवा : ८ डलर
साँदेको आलु : ६ डलर
स्टीम माछा : १० डलर
काठमाडौं अल्फ्रेडो : १५ डलर
ग्रिल माछा : २० डलर
काठमाडौं पोपर्स : ६ डलर

तस्विर : खसोखास

कसरी जाने ?

यो रेष्टुरेण्ट न्युयोर्कको रिजउडमा रहेको छ । तपाई ट्रेनबाट जाँदै हुनुहुन्छ भने एम ट्रेन प्रयोग गरेर सेनेका एभिन्युमा झरेर झण्डै २ मिनेट हिडेपछि यो रेष्टुरेण्टमा पुग्न सक्नुहुन्छ । त्यो बाहेक क्यू५८ बसबाट सेनेका एभिन्यु, कर्नेलिया स्ट्रीटमा झरेर २ मिनेट हिडेर यो रेष्टुरेण्टमा पुग्न सक्नुहुन्छ । यो रेष्टुरेण्ट ७५८ सेनेका एभिन्यु, रिजउडमा रहेको छ ।

तस्विर : खसोखास

रेटिङ र रिभ्यु

यल्पमा जम्मा ५ मा ४ दशमलव ५ रेटिङ रहेको छ । ५१ रिभ्युमध्ये अधिकांशले ४ देखि ५ रेटिङ दिएका छन् । तर कतिपयले बाहिरपटट्ीको सिटिङ व्यवस्थीत नभएको गुनासो गरेका छन् ।

त्यस्तै फेसबुकमा ५ मध्ये ४ दशमलव ९ रेटिङ रहेको छ । गुगलमा ५ मध्ये ४ दशमलव ७ रेटिङ रहेको छ भने ३९ जनाले रिभ्यु गरेका छन् । दिउसो १२ बजेदेखि राती ११ बजेसम्म खुल्ने यो रेष्टुरेण्टको रेटिङ फोर स्क्वायरमा भने १० मध्ये ८ दशमलव ८ रहेका छ ।

यो रेष्टेरेण्टबारे गत अगस्तमा न्युयोर्क टाइम्सले सकारात्मक रिभ्यु लेखेको थियो । इटर न्युयोर्कले यो रेष्टेरेटलाई रिजउड क्षेत्रको छैठौं उत्कृष्ट रेष्टुरेण्टको सुचीमा राखेको छ ।

तस्विर : न्युयोर्क टाइम्स

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com