सरकारी सटडाउन अन्त्य गर्न सिनेटमा मतदान, सटडाउन खुलाउन ८१ मत


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

शुक्रबारदेखि सटडाउन भएको अमेरिकी सरकार खुलाउन सिनेटमा मतदान भएको छ । फरबरी ८ सम्मका लागि अमेरिकी सरकारलाई खर्च प्रदानगर्ने अस्थायी विधयेकमा भएको मतदानमा १ जना सिनेटरले विधयेकका पक्षमा मतदान गरेका छन् भने १ जनाले विधयेकका विपक्षमा मतदान गरेका छन् ।

अबको केही घण्टामा नै अमेरिकी सरकार पुन खुल्ने सिनेटर चक शुमरले जानकारी दिएका छन् । सिनेटमा मतदानपछि विधयेकलाई स्वीकृतिका लागि हाउसमा लगिनेछ । हाउसबाट पारित भएपछि अमेरिकी सरकार खुल्नेछ । सरकार खुलाउन डेमोक्रेटिक सिनेटरहरु सहमत भएपछि सिनेटमा मतदान भएको हो ।

५१ जना रिपब्लिकन सिनेटरहरुमध्ये ४८ जनाले सरकार खुलाउने विधयेकका पक्षमा मतदान गरे भने २ जनाले विधयेकको विपक्षमा मतदान गरे । एकजनाले भने मतदान गरेनन् । त्यस्तै ४७ डेमोक्रेटिक र २ स्वतन्त्र सिनेटरहरुमध्ये ३३ जनाले विधयेकको पक्षमा र १६ जनाले विपक्षमा मतदान गरे । यसरी विधयेकका पक्षमा ८१ र विपक्षमा १८ मतमात्र खसेपछि अमेरिकी सरकारको सटडाउन अन्त्य हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com