अमेरिकी सरकार खुलाउने सहमति


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

शुक्रबार रातीदेखि सटडाउन भएको अमेरिकी सरकार खुलाउनका लागि अमेरिकी सिनेटमा सहमति भएको छ । सिनेटमा डेमोक्रेटिक नेता चक शुमेरले शुक्रबार रातीदेखि सटडाउन भएको अमेरिकी सरकार खुलाउने सहमति भएको जानकारी दिएका हुन् । अस्थायी खर्च विधयेक पारित भएपछि आगामी फरबरी ८ सम्मका लागि अमेरिकी सरकार खुल्ने भएको छ ।

सिनेटमा डेमोक्र्याटहरुले खर्च विधयेकमा मतदान गर्ने सहमति जनाएपछि सटडाउन भएको अमेरिकी सरकार खुल्ने भएको छ । बहुपक्षिय बैठकपछि रिपब्लिकन र डेमोक्र्याटहरुबीच यस्तो सहमति भएको हो । सिनेटबाट विधयेक पारित भइसकेपछि तुरुन्तै सटडाउन अन्त्य भएको छैन । विधयेकलाई प्रतिनिधिसभामा लगिनेछ । प्रतिनिधिसभाबाट पारित भएपछि सटडाउन अन्त्य हुनेछ ।

डाका कार्यक्रममा कुनै ग्यारेन्टीबिना नै डेमोक्र्याटहरुले खर्च विधयेकका पक्षमा मतदान गर्न लागेका हुन् । सिनेटमा ६० मत प्राप्त भएमा सटडाउन समाप्त हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com