सरकार सटडाउनका कारण अमेरिकी दूतावास काठमाडौंको फेसबुक र ट्वीटर अपडेट बन्द


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

अमेरिकी सरकार सटडाउनका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावासको फेसबुक र ट्वीटरमा अपडेट बन्द भएको छ । दूतावासले फेसबुक र ट्वीटरमा सुचना राखेर नियमित अपडेट बन्द भएको जानकारी दिएको हो ।

दूतावासको फेसबुक र ट्वीटर नियमित रुपमा अपडेट हुँदै आएको थियो । तर अब सरकार नखुल्दासम्मका लागि अपडेट बन्द गरिएको छ । साथै सरकार सटडाउनका कारण काठमाडौंमा रहेको अमेरिकन लाइब्रेरीपनि बन्द भएको छ । ट्वीटरमार्फत जारी गरिएको सुचनामा लाइब्रेरी बन्द भएको जनाइएको हो ।

तर अमेरिकी दूतावासको नियमित कन्सुलर सेवा भने संचालनमा रहेको छ । भिसा अन्तरवार्ताका लागि र अमेरिकन सेवाका लागि अप्वाइन्टमेन्ट लिएकाहरुलाई तोकिएकै समयमा उपस्थीत हुन दूतावासले सुचना जारी गरेको छ ।

त्यस्तै अमेरिकी सरकारको विदेशमन्त्रालयको वेवसाइट पनि अपडेट बन्द भएको छ । सरकार नखुल्दासम्मका लागि संघीय सरकारका अन्य कैयन वेवसाइटमा पनि अपडेट बन्द भएका छन् । उनीहरुका सामाजिक संजालमा पनि अपडेट गरिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com