अमेरिकामा बजेट अभावः काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

८ माघ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । बजेट अभावको कारण दूतावासले यस्तो निर्णय लिएको हो ।

नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा काठमाडौंस्थित केन्द्रीय पुस्तकालय र दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट बन्द हुने उल्लेख छ । तर भिसा र पासपोर्ट प्रोसेसिङका कामहरु भने नरोकिएको सूचनामा उल्लेख छ ।

अमेरिकाको तल्लो सदनले बजेट पास गरे पनि माथिल्लो सदनबाट पास हुन सकेको छैन । बजेट अभावको असर काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि परेको हो ।

गत शनिबार भएको मतदानमा बजेटको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । जबकी बजेट पारित हुन ६० मत आवश्यक थियो । खर्च अभावमा धेरै सरकारी कर्मचारीहरुलाई तलब खुवाउनै समस्या परेको छ । अमेरिकी सेनासहित ३० प्रतिशत कर्मचारी बजेट अभावमा प्रभावित हुने अनुमान छ ।

ट्रम्प प्रशासनले प्रवासीहरुलाई अमेरिकामा बस्न नदिने घोषणा गरेपछि त्यसको पक्ष र विपक्षमा सिनेटरहरु बिभाजित छन् । सोही विवादको असर बजेटमा पनि परेको बताइन्छ ।

साभार-अनलाइन खबरबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com