प्रधानमन्त्री गर्भवती, ६ हप्ता सुत्केरी विदा बस्ने


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले आफू गर्भवती रहेको खुलासा गरेकी छिन् । आफ्नो फेसबुक पोष्टमार्फत उनले वर्षको मध्यतिर पहिलो बच्चाको अपेक्षा गरेको खुलाएकी हुन् ।

‘क्लर्क र म वास्तवमै खुशी छौं किनकी जूनमा हाम्रो टिम दुई जनाबाट तीन जनामा बिस्तार हुँदैछ,’ उनले लेखकी छिन् ।
आर्डर्न न्यूजिल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन् जसले गत अक्टोबरदेखि यो पद सम्हालेकी थिइन् ।

आफू र पार्टनर क्लार्क गेफोर्डले अक्टोबर १३ मा सुखद खबर थाहा पाएको भए पनि केही समय यसलाई गोप्य राखेको उनले उल्लेख गरेकी छिन् । ३७ वषिर्या प्रधानमन्त्रीले यो पनि भनेकी छिन् कि उनीहरु बाह्य सहयोगबिना बच्चा जन्माउन सक्नेमा अनिश्चित थिए ।’त्यसैले यो खबर हाम्रो लागि अनपेक्षित र अतिरिक्तरुपमा विशेष रह्यो,’ उनले भनेकी छिन् ।
गेफोर्ड एक टेलिभिजन र रेडियो पि्रजेन्टर हुन् जसले स्थानीय टेलिभिजनमा ‘फिस अफ द डे’ नामक फिसिङ शो सञ्चालन गर्छन् ।

अकल्यान्डस्थित आफ्नो घरबाहिर आयोजिक पत्रकार सम्मेलनमा आर्डर्नले बताए अनुसार उनले यो खबर थाहा पाउँदा गेफोर्ड आफ्नो फिसिङ शोका लागि बाहिर थिए । त्यसले फेसबुकबाट भिडियो कल गरेर खुशी सेयर गरेकी थिइन् ।
‘मैले भिडियो कल गर्दा उनी बाथरुममा रहेछन्,’ उनले भनिन्, ‘तर ट्वाइलेटमा होइन है ।’

आमा बनेपछि प्रधानमन्त्रीको जिम्मेवारी निभाउन कठिनाइ आउन सक्ने आशंकाका विषयमा उनले प्रष्ट पारिन्, ‘एकैसाथ दुई जिम्मेवारी निभाउने महिलाहरु धेरै छन् । म पनि आमा र प्रधानमन्त्रीको जिम्मेवारी एकैसाथ सम्हाल्न सफल हुनेछु ।’
गत अगष्टमा न्यूजिल्याण्डको लेवर पार्टीको नेता बन्दा आर्डर्नलाई उनको सन्तान जन्माउने योजनाबारे प्रश्न एक रेडियो अन्तरवार्तामा सोधिएको थियो ।

एएम शो मा प्यानलिस्ट मार्क रिचार्डसनले भनेका थिए, ‘यदि तपाईं कुनै कम्पनीको रोजगारदाता हुनुहून्छ भने कस्ता महिलाहरुलाई तपाईंले रोजगारी दिइराख्नुभएको छ भन्ने थाहा हुनुपर्छ । प्रश्न के छ भने एउटा प्रधानमन्त्रीले सुत्केरी विदा लिएर बस्नु कत्तिको उचित हुन्छ ?’

त्यसको जवाफमा आर्डर्नले भनेकी थिइन्, ‘अहिलेको जमानामा पनि महिलाले यस्तो प्रश्नको सामना गर्नुपर्ने अवस्था अस्वीकार्य छ । बच्चा कहिले पाउने भन्ने निर्णय लिन जोकोही महिला स्वतन्त्र छन् ।’

आर्डर्न र गेफोर्डले आफूहरुलाई बच्चाको लिंगबारे पहिल्यैए जानकारी भए पनि यसलाई गोप्य राख्ने निर्णय गरेको बताएका छन् । बच्चा जन्माएपछि आफूले ६ हप्ता सुत्केरी विदा लिने उनले बताइन् । त्यसपछि आफ्नो पार्टनरले घरमा बसेर बच्चाको हेरचाह गर्ने उनको भनाई छ । आफू छुट्टीमा रहँदा कार्यवाहक प्रधानमन्त्रीको भूमिका निभाउन उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई भनिसकेको उनले बताइन् ।

‘मिस्टर पिटर्सले कार्यवाहक प्रधानमन्त्रीको रुपमा मेरो कार्यालय सम्हाल्नुहुनेछ र मसँग सम्पर्कमा रहनुहुनेछ,’ उनले भनिन् ।

‘मिस्टर पिटर र मबीच गजबको तालमेल छ र मेरो छुट्टकिो बेलामा पनि कुनै काम अवरुद्ध हुनेछैन । मैले अन्य मन्त्रीहरुलाई पनि आवश्यक निर्देशन दिनेछु । ६ हप्तापछि यथावतरुपमा जिम्मेवारीमा फर्किनेछु,’ उनले भनिन् ।

साभार :अनलाईन खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com