सरकार सटडाउनपछि युएससीआईएसका ४ सेवा प्रभावित


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

अमेरिकी सरकार सटडाउन भएपछि युएससीआईएसका ४ वटा बाहेक अधिकांश कामकाज सुचारु हुने जनाइएको छ । युएससीआईएसमा आवेदकले बुझाउने शुल्कबाट कर्मचारीहरुले तलब पाउने भएकाले सरकार सटडाउन भएपनि त्यसको असर नपर्ने र कामकाज सुचारु हुने भएको हो ।

युएससीआईएसले सुचना प्रकाशित गरी युएससीआईएसले आवेदनहरु लिने, कार्यालयहरु संचालनमा रहने, आवेदकका अन्तरवार्ताहरु तोकिएकै समयमा लिइने जनाएको छ । तर संघीय बजेटबाट संचालित ४ वटा कामभने प्रभावित हुने युएससीआर्ईएसले जनाएको छ ।

सरकार सटडाउनपछि युएससीआईएसको इ भेरिफाइ सेवा प्रभावित हुनेछ । ईबी फाइभका क्षेत्रीय केन्द्र कार्यक्रम पनि प्रभावित हुनेछ । त्यस्तै जे वान डाक्टरलाई वेभर दिने कार्यक्रम र धार्मिक कामदार कार्यक्रम पनि प्रभावित हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com