अमेरिकी सरकार सटडाउनपछि एसाइलमका सुनुवाई स्थगित हुनसक्ने


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

अमेरिकी सरकार सटडाउन भइसकेपछि अदालतमा हुने एसाइलम सुनुवाईहरु स्थगित हुनसक्ने देखिएको छ । डिपार्टमेन्ट अफ जस्टिस अन्तरगतका २० प्रतिशत कामदारहरुले छुट्टी पाउने भएकाले एसाइलमका सुनुवाईहरु स्थगित हुनसक्ने देखिएको हो । डिपार्टमेन्ट अफ जस्टिसका झण्डै २० हजार कर्मचारीहरुलाई सरकार नखुल्दासम्मका लागि बिदा दिइनेछ ।

सन् २०१३ मा सरकार सटडाउन हुँदा कैयन नेपालीका एसाइलम केसहरु प्रभावित भएका थिए । एसाइलमका केसमा भएका अदालती सुनुवाई स्थगित हुँदा अर्को मिति पाउनका लागि बर्षौ कुनुपर्ने अवस्था आएको थियो । खासगरी थुनामा नरहेका व्यक्तिका एसाइलमका सुनुवाईहरु अर्को मिति नदिइकनै स्थगित गरिएको थियो । यसपटकको सरकार सटडाउनमा पनि त्यो सम्भावना रहेको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सटडाउनको बेलामा थुनामा रहेका व्यक्तिका मात्र केस हेर्ने र बाहिर रहेका व्यक्तिका केसहरु सरकार खुलेपछिमात्र हेर्ने जनाएको छ ।

सन् २०१३ को सरकार सटडाउनमा थुनामा नरहेका व्यक्तिका केस हेर्ने १६ वटा अदालतहरु पूर्णरुपमा बन्द भएका थिए । १८ वटा इमिग्रेशन अदालत पूर्णरुपमा संचालनमा रहेका थिए भने २५ वटा आंशिक रुपमा संचालनमा रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com