आधुनिक इतिहासकै अलोकप्रिय राष्ट्रपतिका रुपमा ट्रम्पको पहिलो बर्ष सकिदै


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

अमेरिकाको आधुनिक इतिहासकै अलोकप्रिय राष्ट्रपतिका रुपमा ट्रम्पको राष्ट्रपति कार्यकालको पहिलो बर्ष पूरा हुँदैछ । शुक्रबार सार्वजनिक एउटा सर्वेक्षणले ट्रम्पलाई आधुनिक इतिहासकै सबैभन्दा अलोकप्रिय अमेरिकी राष्ट्रपतिका रुपमा चित्रित गरेको छ ।

एनबीसी समाचार र वाल स्ट्रीट जर्नलको सर्वेक्षणले अमेरिकीमाझ ट्रम्पको स्वीकार्य दर जम्मा ३९ प्रतिशत रहेको छ । अर्थात् ३९ प्रतिशत अमेरिकीलेमात्र ट्रम्पको गतिविधिमा समर्थन जनाएका छन् । अमेरिकीहरुले ट्रम्पका एकबर्षका गतिविधि स्वीकार गरेको दर विगतका राष्ट्रपतिहरुको तुलनामा अत्यन्तै कम रहेको छ ।

विगतका राष्ट्रपतिको कार्यकालको पहिलोबर्ष जनताले स्वीकारेको दर ट्रम्पको भन्दा बढी रहेको थियो । कार्यकालको पहिलो बर्ष जर्ज बुसको ८२ प्रतिशत, बिल क्लिन्टनको ६० प्रतिशत र ओबामाको ५० प्रतिशत स्वीकार्य दर रहेको थियो । सर्वेक्षण अनुशार ५७ प्रतिशत अमेरिकीहरुले ट्रम्पको गतिविधि अस्वीकार गरेका छन् । जसमध्ये ५१ प्रतिशतले अझ कडारुपमा अस्वीकार गरेका छन् । सर्वेक्षणमा ९ सय जनाले भाग लिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com