काठमाण्डौकी धनी केटीको अनौठो फेसबुक धन्दा ! प्रहरी नै परे अचम्ममा


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

बेरोजगारसंग संगै युवायुवतीहरु विभिन्न अपराधमा लाग्ने गरेका छन् । सबै भन्दा छिटो पैसा कमाउने बाटो बनेको छ ठगि धन्दा । काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन ।उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ । दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी गरेकी शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

फेसबुकमार्फत चिनजान गर्ने र महंगा उपहार पठाएको भनेर झुक्याउदै त्यसवापत लाग्ने करका नाममा उनले ठग्दै आएको खुलासा भएको छ । विदेशीसँग मिलेर उनले अहिलेसम्म ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको सिआईबीले जनाएको छ ।

कसरी भयो ठगी ?
ठगी आरोपमा पक्राउ परेकी शेर्पा काठमाडौंकै एक सहकारीमा काम गर्थिन । तर उनको रबाफ भने अर्कै थियो । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा उनीहरुको समूहले थुप्रैलाई एकपछि अर्को गरी फसाएको हो । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएको पैसा लिएर बिदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।शेर्पाको समूहबाट ठगिनेमा धेरैजसो महिला छन् । फेसबुकमा बिदेशी नाममा फ्रेन्ड रिक्वेष्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरुले ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

यतिसम्म कि बिश्वासमा पार्न उनीहरुले भारतीय नम्बरबाट फोन गरी पार्सल भारतमा आइपुगेको र त्यसका लागि केही कर लाग्ने भन्दै पैसा मागेर ठगी हुँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । ठगिएकामध्ये धेरैले मनि ट्रान्सफरमार्फत पैसा पठाएका थिए । त्यो पैसा शेर्पाले बुझ्ने गरेकी थिइन् । अमेरिकामा बस्दा चिनजान भएका व्यक्तिको आग्रहमा आफूले पैसा लिने गरेको उनले बताएकी छिन् ।फेसबुकमा चिनजान भएको साथीबाट उपहार लिने प्रलोभनमा फस्दा ५० भन्दा धेरै महिला ठगिएका छन् । महानगरीय अपराध महाशाखामा पनि धेरै महिलाहरुले उजुरी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com