टिपिएस नविकरणको लागी एकीकृत प्रयास जरुरी


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

नेपाललाइ दिइएको टिपिएसको भविष्यबारे चौतर्फी चासो भैरहेको अवस्थामा सरोकारवालाहरुले नविकरणको लागी एकिकृत कार्यक्रम मार्फत दवाब दिनुपर्न बताएका छन् ।
गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरद्धारा न्यूयोर्कमा आइतबार आयोजित, टिपिएसको भविष्य र विकल्प बिषयक अन्तक्रिया कार्यक्रमा नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कका महाबाणिज्यदुत मधु मरासिनीले भन्नुभयो, “सरकारिस्तरबाट आवश्यक पहल भैरहेको छ तर ठोस जवाफ आइसकेको छैन ।” वहाँले नेपाल सरकारले काठमाण्डौस्थित अमेरिकी दुतावास र डिसिस्थित नेपाली दुतावास मार्फत टिपिएस नविकरणको लागी पहल जारि राखेको जानकारि दिनुभयो । कार्यक्रममा कानूनविद्धहरु खगेन्द्र जिसी, गिरिजा गौतम र केशवराज सेंढाइसंग टिपिएसको विकल्प के के हुन सक्छ भन्ने बारेमा अन्तक्र्रिया गरिएको थियो । उनिहरुले सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । प्रस्नोत्तर सेसनमा अधिकांश सहभागीको जिज्ञासा टिपिएस नविकरण नभएमा बैधानिक हैसीयत कसरि कायमै राख्न सकिन्छ भन्नेमा केन्द्रित थियो । कानून व्यवसायीहरुले टिपिएस जारि रहेकै समयमा अन्य विबिध विकल्पहरु हुने जानकारि दिएका थिए ।

 

टिपिएस मार्फत रोजगारिमा आधारित एचवान भिसा, परिवारिमा आधारित ग्रिनकार्ड लगायतका विकल्पहरुमा समयै जाने हो भने स्थाइ समाधान निस्कन सक्ने सुझाव उनिहरुले दिएका थिए । “टिपिएस नविकरणको लागी सामुहिक पहल गर्नु हाम्रो पहिलो दायित्व हो तर नविकरण नभएमा के गर्ने भन्नेबारेमा पनि समयमै ध्यान दिनुपर्छ,” बरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले भने । उनले असाइलमका आवेदकहरुले सोही केसलाइ निरन्तरता दिन सक्ने पनि जानकारि दिए । जिसीले टिपिएस मार्फत नेपाल गएर आएकाहरुको हकमा भने असाइलमको केस कमजोर हुनसक्ने तर्फ सचेत गराए । अर्का अधिवक्ता केशवराज सेढांइले टिपिएसमार्फत काम गरिरहेकै संस्था वा नयाँ रोजगारदाता खोजी एचवानमा जान अति सहज हुने र त्यसै मार्फत ग्रिनकार्ड लिन सकिने हुनाले टिपिएसग्राहिलाइ त्यस तफ अधिबढ्न सुझाव दिएका थिए । उनले टिपिएस नविकरण भएता पनि स्थाइ समाधानको विकल्पका लागी समयमै सचेत हुन आग्रह गरेका थिए । सेढांइले टिपिएसको नविकरणको लागी जनस्तरबाटै एकताबद्ध पहल हुनुपर्न बताउदै, ह्वाइट हाउस अगाडि प्रार्थनासभा आयोजना गर्न सुझाव दिदा हलमा तालिको फोहोरा छुटेको थियो ।


कार्यक्रममा अधिकांश वक्ताहरुले रिपब्लिकन पार्टिका नेताहरुमार्फत पहल गर्न सके नविकरणको लागी थप बल पुग्ने र यो कामको नेतृत्व एनआरएनए अमेरिकाले लिनुपर्न बताए । उनिहरुले नेपाल सरकारको मौनताप्रति पनि दुखेसो व्यक्त गरेका थिए । जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले सबै संघसंगठन एकजुट हुनुको विकल्प नरहेको बताए । उनले यो अन्तक्र्रियाले जागरण ल्याउने पनि बताए । एनआरएनए अमेरीकाका महासचिव बाबुराम लामाले एनआरएनए अमेरिकाले हालसम्म गरेका पहलहरुको बारेमा जानकारि दिएका थिए । एनआरएनए अमेरिकाका सचिव होमनाथ गौतम र सदस्यहरु संजय थापा र आंगं ग्याल्जेन शेर्पाले नविकरणको लागी एनआरएनएको पहल प्रभावकारि हुन नसकेको गुनासो स्विकार गर्दै आगामि दिनमा सबै संस्थाहरुसंग हातेमालो गरेर अधिबढ्नु पर्ने बताए । चितवन समाजका अध्यक्ष सुर्य लम्सालले यस्तो अन्तक्र्रियाले जनदबावका लागी सहयोग पुग्ने बताउनु भयो । कारिब ३०० जनाको उपस्थिति रहेको कार्यक्रममा लगंआइल्याण्ड सोसाइटिका पुर्व अध्यक्ष दुर्गशजंग कार्की, सञ्चारकर्मी शैलेश श्रेष्ठ, गोर्खा समाजका सल्लाहकार खेम भट्ट लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको पहिलो सत्र महासचिव महेश खड्काले संचालन गरेका थिए भने अन्तक्र्रियाको संचालन पत्रकार किरण मरहठ्ठाले गरेका थिए । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु रानामगरले स्वागत मन्तव्य राखेका थिए । “बिषय र सहभागीता, दुवै हिसावले कार्यक्रम अत्यन्त प्रभावकारि भएको प्रतिकृया पायौँ, टिपिएस नविकरणको लागी हाम्रो प्रयास जारि रहने छ,” अध्यक्ष रामहरि अधिकारिले भने ।
अमेरिकी सरकारले सन् २०१५ को महाभूकम्प पश्चात अमेरिकामा रहेका नेपालीलाइ दिएको टिपिएस सुविधा आगामि जुनमा समाप्त हुनेछ । टिपिएसग्राहिले अमेरिकामा बस्न र कामगर्न बैधानिक हैसीयत प्राप्त गर्दछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com