नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो– यो नेटो संगठन कहिल्यै बलियो पनि हुदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन ।

सोमबार बिहानको खाजा खाने क्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा उहाँले सो धारणा राख्नुभएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेल्सिन्की पुग्नु भएको छ । सोही क्रममा उहाँले उक्त प्रतिक्रिया दिनुभएको हो ।

उहाँहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापहरुमा निकै चासो दिएका छन् ।

राष्ट्रपति ट्रम्पले हालैमात्र गर्नुभएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उहाँ यहाँ आइपुग्नुभएको हो ।

यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरुका बारेमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com