बलात्कारपछि हत्या गरिएकी बालिका अमृता नेपालीको शव, आठ महिनादेखि टिचिङ अस्पतालमै


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

 

पुस २९, काठमाडौं । गत जेठ ५ गते बलात्कारपछि हत्या गरिएकी डल्लुकी १० वर्षीया बालिकाको शव आठ महिनादेखि टिचिङ अस्पतालमै राखिएको छ ।

डल्लुस्थित चाँगलमा डेरा गरी बस्ने १० बर्षीया अमृता नेपालीको जेठ ५ गते शुक्रबार बलात्कारपछि हत्या भएको थियो । पीडकलाई कारबार्ही नगरेसम्म परिवारले शव नबुझ्ने भनेपछि अमृताको शव ८ महिनादेखि टिचिङमै राखिएको हो ।

मेरो छोरीले न्याय नपाएसम्म हामी शव बुझ्दैनौं, आमा सन्तोषीले भनिन् । न्याय दिने सवै निकायले न्याय दिन आनाकानी गरिरहेको उनको आरोप छ ।

शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप भएको र अमृतासँग ड्रेस नभएकाले त्यो दिन उनी घरमै बसेकी थिइन् । आमा सन्तोषी नेपाली काम गर्न कारखाना गएकी थिइन् । आठ वर्षीय कान्छो भाई पनि स्कूल गएका थिए ।

साँझ पाँच बजेतिर दिदी बोल्दैन भन्दै भाई, आमाकहाँ पुगेका थिए । उनी हतारहतार घर फर्किन् तर छोरी मृत अवस्थामा फेला परिन् ।

‘म कारखानामै थिए,स्कुलबाट छोरा मलाई बोलाउन आयो,मैले दिदी खोइ भन्दा दिदी त घाँटीमा सल बेरेर सुतेको छ भने । म कोठामा पुग्दा छोरीलाई झुण्ड्याए जस्तै अवस्थामा भेटे’सन्तोषीले भनिन् ।

हतारहतार छोरीलाई वीर अस्पताल पुर्याए । डाक्टरले अमृतालाई मृत घोषित गरे । ‘भित्र के के भए थाहा भएन, तर अस्पतालले बलात्कारको आशयले महानगरिय प्रहरी वृत स्वयंम्भुलाई कागज दिएका रैछन्’सन्तोषीले भनिन् ।

आफ्नो कोठासँगै डेरामा बस्ने छिमेकी दिनेश चौधरी भन्ने मोरङका विश्वराम रन पहेलीले नै छोरीको हत्या गरेको सन्तोषीको आरोप छ । विश्वरामले छोरी अमृतामाथि पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको समेत उनले बताइन् ।

‘मेरो छोरीलाई पटक पटक छोरी भन्दै अंगालो हाल्ने, शरीर छुने र मलाई पनि शरीरमा स्पर्श गर्ने गर्थे, नगरभन्दा धम्की दिन्थे, छोरीलाई केही दिनमा ठेगना लगाउछु भन्थे, सन्तोषीले भनिन् । हत्या भएको दिन पनि अस्पताल लैजान सहयोग माग्दा नमानेको उनले बताइन् ।

महानगरिय प्रहरी वृत स्वयंम्भूले विश्वरामलाई जेठ ५ गते राति नै हिरासतमा लिएको थियो । किटानी जाहेरी भने निकै संघर्षपछि जेठ ३० गते लिएको थियो । विश्वरामलाई र्पुपक्ष थुनामा राखिएको छ ।

अमृताको मुद्धा हेरिरहेका अधिवक्ता स्वागत नेपालले बालिकाको बलात्कारपछि हत्या भएको बताएका छन् । ‘अमृताको बलात्कार गरी हत्या भएको हो । उनको यौनीमा निलडाम छ । शरीरमा पनि घाउ छ । बालिकाले न्याय पाउनुपर्छ तर अहिलेसम्म न्याय पाउनमा ढिलाई भैरहेको छ,’उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com