प्रहरीले गोली चलायो, अभियुक्त पक्राउ


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, काठमाडौं । प्रहरीले धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा गोली चलाएको छ । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको हो।

प्रहरीले चोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त स्थानीय १८ वर्षीय कुम्वे राईलाई पक्राउ गरेको छ । राईलाई लखेट्दै गएको प्रहरी टोलीलाई ढुंगा प्रहार गरेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राईको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com