फेरि आप्रवासीविरुद्ध खनिए राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : पुस २८, २०७४ शुक्रबार

काठमाडौं, २८ पुस । आप्रवासीविरुद्ध कडा नीतिका पक्षमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आप्रवासीविरुद्ध खनिएका छन् ।

हिजो सांसदहरुसंगको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका छन् । हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लि“दै ट्रम्पले यस्तो आक्रोश पोखेको वासिंगटन पोष्टले दावी गरेको छ । राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार गरेको छैन ।

अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्प संधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ ।

कानूनी मार्गबाट अमेरिकामा सुरक्षित भविष्य खोज्ने आप्रवासीका कारण अमेरिकी नागरिकको जीवन कठीन र संघर्षमय बन्ने गरेको पनि दावी गरिएको छ । सांसदहरुसंगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com