प्रेमीसँग छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश


प्रकाशित मिति : पुस २८, २०७४ शुक्रबार

आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानेका छन् ।

गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्एको छ ।

प्रेमिकाका पिताको उपचार भइरहेको छ ।

भारतको उत्तर प्रदेश इटावामा घटना भएको हो । यहाँका रिटायर्ड सैनिक नरेन्द्र सिंह चौहान आफ्नो पसलनजिकै उभिएका बेला त्यहीँको इन्द्रा कोलोनीका राहुल चौहानले नरेन्द्रलाई गोली हानेका थिए ।

नरेन्द्रलाई गोली प्रहार गर्नासाथ स्कुटरमा भागेका राहुल लगत्तै नरेन्द्रको घरमा पुगे । त्यहाँ घरको आँगनमा हात धोइरहेकी नरेन्द्रकी छोरी आकांक्षालाई पनि उनले गोली प्रहार गरे ।

लगत्तै उनले आफूलाई पनि गोली प्रहार गरे । गोली प्रहार गर्ने राहुलको घटनास्थलमै मृत्यु भएको र प्रेमिका आकांक्षाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com